सिन्धुलीमा लागु औषध हिरोइन र गाँजा सहित चार जना पक्राउ

सिन्धुली कमलामाई नगरपालीका वडा नम्वर ९ भिमान चेकपोष्ट स्थित विपि राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमानमा प्रहरी टोलीले सुनसरी बाट काठमान्डौ तर्फ जादै गरेको बा.प्र ०२–०२८ च ३६१२ नम्वरको कार चेक जाँच गर्ने क्रममा कारको अगाडिको सिट भित्र लागु औषध खैरो हेरोइन ४५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

कार चालक रामेछाप जिल्ला दोरम्बा गाँउपालीका २ बस्ने बर्ष २० को सुबोध श्रेष्ठ,दोलखा जिल्ला मेलुङ गाँउपालीका ४ बस्ने बर्ष २५ को रुपेश थोकर
तामाङ,काभ्रेपलान्चोक जिल्ला चौरी देउराली गाँउपालीका ९ बस्ने बर्ष २८ को सुरेश भन्ने भिम बहादुर तामाङ रहेका छन ।

यसै गरी सिन्धुली हरिहरपुरगढी गाँउपालकिा वडा नम्वर ७ भुताहा शिर स्थितमा विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वोर सिम्धुलीबाट खटिएको सयुंक्त प्रहरी टोली गस्ती गर्दै जाने क्रममा प्रतिवन्धीत गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ । ४,५ जना व्यक्तिहरुले नाम्लोमा पछाडी ढाडँमा वोकी ल्याउदै गरेको अवस्थामा ४ बोरा ७७ केजी ८० ग्राम लागुऔषध गाँजा सहित जिल्ला सिन्धुली हरिहरपुरगढी गापा वडा नम्वर ७ का वर्ष २४ वर्षिया विच बहादुर वाईवालाई पक्राउ गरेको, प्रहरीले जानकारी दिएको छ ।

प्रतिवन्धीत सो गाँजा सहित मानिस नियन्त्रणमा लिने क्रममा प्रहरी द्वारा ३०३ राईफल बाट ५ राउण्ड हवाइ फायर गरिएको, मानविय क्षती नभएको,अन्य व्यक्तिहरुको सम्बन्धमा खोजतलास भैरहेको छ । बरामद भएको लागु औषध गाँजा र मानिसलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भई रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *