सिन्धुलीमा विश्व स्कुल दुध दिवसका अवसरमा विविध कार्यक्रम

सिन्धुली,९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुली द्वारा आयोजित वक्तृत्वकला प्रतियोगित सम्पन्न । कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य छेत्र बहादुर वम्जन, विशिष्ट अतिथि कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेल , अतिथी कमलामाई नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष महेन्द्र ढकाल, अतिथी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका कार्यालय प्रमुख डा. पर्वत न्यौपाने सहभागी थिए ।

यस्तै सिन्धुली उद्योग वाणिज्य संघका महासचिव राजकुमार राज भण्डारी , कृषि वजार व्यवस्थापन समित सिन्धुली का अध्यक्ष प्रयागराज खतिवडा , सोहि विद्यालयका प्रिन्सिपल पोषक पौडेल लगायत डेरी व्यवसायी,दुग्ध क्षेत्रका सहकारीकर्मी, शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो ।

सो दिवसको अवसरमा नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुली द्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । नेपाल डेरी एसोसियसन जिल्ला शाखा सिन्धुलीको आयोजनामा सेप्टेम्बर २७ असोज १० गते ९ औं विश्व स्कुल दूध दिवसको अवसरमा सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा वतृत्वकला प्रतियोगिता ू स्वस्थ जिवनको लागि दूध तथा दुग्धजन्य पदार्थको महत्वू शिर्षकमा भएको थियो ।

सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक बिद्यालय क।न।पा। ४ दोभानटार सिन्धुलीमा सम्पन्न उक्त प्रतियोगितामा सोही विद्यालयका छात्र छात्रा गरि जम्मा १२ जना सहभागी भएका थिय । प्रतियोगितामा प्रथम बेन्जु घिमिरेलाई नगद २००० सहित प्रमाणपत्रले सम्मान गरेको साथै द्वितिय अस्मिता भुजेल लाई नगद १५०० सहित प्रमाणपत्र , तस्रो हुने अनिशा मंग्रातीलाई नगद १००० सहित प्रमाणपत्र त्यस्तै सान्त्वना हुने अविरल पहाडी र समीक्षा रायमाझीलाई नगद पाँच सय नगद सहित प्रमाणपत्रले सम्मानीत भएका छन् ।

कार्यक्रमको अध्यक्षता नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले गर्नुभएको साथै कार्यक्रम संचालन सोही विद्यालयका शिक्षिका प्रमिला कुमारी चौलागाईले गर्नु भएको थियो ।

नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीको आयोजना एवं सरोकारवाला कृषि वजार व्यवस्थापन समिति सिन्धुली, राजदेवि कृषि पशुपालन दुग्ध उत्पादक सहकारी संस्था लि.सिन्धुलीको सहकार्यमा वतृत्वकला प्रतियोगिता गरिएको नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुली अध्यक्ष बलराम अधिकारीले जानकारी गराए ।

९औं विश्व स्कुल दुध दिवसको पावन अवसरमा एसोसिएसनले सात वटै प्रदेश र आफ्ना जिल्लाहरुमा विभिन्न कार्यक्रम गर्न निर्देशन गरेको थियो । एसोसिएसनले यस्ता विभिन्न किसिमका सामाजिक अभियानका कार्यक्रमहरु समय समयमा गरिहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *