सिन्धुलीमा सवारी चालकको आँखा,रक्तचाप परिक्षण

सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी चालकको आँखा र रक्तचाप परिक्षण गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एस्पी राजकुमार सिलवालले हप्ताको दुई दिन मंगलवार र शुक्रवार जिल्लाको दुई स्थानमा सवारी चालकहरुको आँखा र रक्तचाप परिक्षण गर्न थालेको जानकारी दिए ।

विपी राजमार्गको कमलामाई नगरपालीका ६ शिवनगरमा रहेको ट्राफिक चेक प्वाईन्ट र गोलन्जोगर गाँउपालीका वडा नम्वर ७ इलाका प्रहरी कार्यालय खुर्कोट अगाडी स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको छ । नेपालीहरुको महत्वपुर्ण चाडवाडहरु नजिकिदै गर्दा सार्वजनिक यातायातका चालकहरुले आराम गर्न नपाउने भएकोले उनीहरुको आँखा र रक्तचाप(प्रेसर) चेक गरिएको एस्पी सिलवालले वताए । हामीले चालकहरुलाई आराम गरेर मात्रै गाडी चलाउन सुझाव दिएका छौ,उनले भने ।

कमलमाई नगरपालीका सिन्धुली र नेपाल रेडक्रश सोसाईटी सिन्धुली आँखा अस्पतालका स्वास्थ्य कर्मीहरुले चालकहरुको स्वास्थ्य परिक्षण गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *