सिन्धुलीमा हुने साँस्कृतिक तथा फुड फेस्टिभल बिबादित

सिन्धुली – सिन्धुलीमाढीमा यही पुस २७ देखि संचालन हुने भनिएको ‘साँस्कृतिक तथा फुड फेस्टिभल’ विवादीत बनेको छ । स्थानिय इभेन्ट संचालक ब्रदरहुड इन्टरटेन्टमेन्ट एण्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको १० दिने फुड फेस्टिबलको सिन्धुली उद्योग वाणिज्य संघले विरोध जनाएको हो ।

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले व्यवसायिक महोत्सव आयोजना भए आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकमा संघका कार्यसमिति पदाधिकारी, सदस्य, सल्लाहकार र संघमा आबद्ध वस्तुुगत संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

उक्त बैठकले व्यवसायिक मेला महोत्सव संचालन भएको खण्डमा व्यवसायीहरु प्रतिवादमा गई आन्दोलन गर्न बाध्य हुने भएकोले समस्या सामाधानको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *