सिन्धुली,फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सिन्धुली जिल्ला मुख्य निर्वाचन कार्यालयले दिएको जनाकारी अनुसार २८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेस,एमाले,नेपाली कम्युनिष्ट पार्टी,राश्वपा,रापप्रपा सहित स्वतन्त्री केही व्यक्तीहरु आज उम्मेदवारी दर्ता गराएका छन ।
नेपाली काँग्रेसवाट क्षेत्र नम्वर १ मा उज्जव प्रसाद वराल, क्षेत्र नम्वर २ मा शुशिला थिङ,नेकपा एमालेवाट क्षेत्र नम्वर १ मा प्रदिप कटुवाल क्षेत्र नम्वर २ वाट मनोज थापा,नेपाली कम्युनिष्ट पार्टीवाट क्षेत्र नम्वर १ वाट डेकेन्द्र प्रसाद सुवेदी क्षेत्र नम्वर २ वाट लेखनाथ दाहाल(राजन)राश्वपावाट क्षेत्र नम्वर १ वाट धनेन्द्र कार्की, क्षेत्र नम्वर २ वाट आशिष गजुरेलले उम्मेदवारी दर्ता रहेका छन । महेश्वर दाहाल,खड्गवहादुर वाईवा स्वतन्त्र सहित २८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
