समाचारहोमपेज

सिन्धुली उद्योग वाणिज्य संघ हाक्न तम्सिएका उम्मेदवार

सिन्धुली,चैत्र २७ गते हुन लागेको सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनको लागी सोमवार मनोनय दर्ता भएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ र वरिष्ठ व्यवसायी राजकुमार श्रेष्ठ सहित दुई जनाले उम्मेदवारी दर्ता गराएका छन । केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी समर्थक व्यापारीले गठवन्धन गरी संयुक्त प्यानल वनाए उम्मेदवारी दर्ता गराएका छन । भने एमाले निकट व्यापारीको तर्फवाट राजकुमार श्रेष्ठले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले निकट व्यापारीले अध्यक्षमा मात्रै उम्मेदवारी दिए पछि कतिपय उम्मेदवारहरु आजै निर्विरोध भएका छन् । उपाध्यक्ष निता थापा,रामभक्त श्रेष्ठ,नविन श्रेष्ठ,नरेन्द्र कर्मचार्य,सचिव गोविन्द खड्का,प्रकाश काफ्ले निर्विरोध भएका छन ।

अध्यक्षमा अर्जुन श्रेष्ठ र राजकुमार श्रेष्ठ,वरिष्ठ उपाध्यक्षमा विरवल चौधरी र देवनारायण श्रेष्ठ विच चुनावी प्रतिशपर्दा हुने छ । यस्तै महासचिवमा वासु प्रसाद भेटवाल र मेघवहादुर कार्कीको उम्मेदवारी दर्ता भएको छ । महिला सचिवमा रेजिना श्रेष्ठ र सृजना श्रेष्ठ,उपमहासचिवमा नेत्र थापा,सोनिकुमार झा र आकाश श्रेष्ठको उम्मेदवारी परेको छ । वस्तुगत उपाध्यक्षमा राम श्रेष्ठ र विजय वस्नेत विच चुनावी प्रतिशपर्दा हुने भएको छ । सदस्यहरु प्राय सवै निर्विरोध निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *