सिन्धुली उवा संघका अधिकांश पदाधिकारी निर्विरोध

सिन्धुली,सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनको लागी मनोनय दर्ता भएकै दिन अधिकांश पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन । यही चैत्र २७ गते उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ ।

केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी समर्थक व्यापारीले गठवन्धन गरी संयुक्त प्यानल वनाए उम्मेदवारी दर्ता गराएका थिए । एमाले निकट व्यापारीको तर्फवाट राजकुमार श्रेष्ठले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दर्ता गराए पछि अधिकांश पदाधिकारीहरु निर्विरोध भएका हुन ।

रामभक्त श्रेष्ठ उपाध्यक्ष उधोग,नवीन श्रेष्ठ उपाध्यक्ष वाणिज्य,निता थापा उपाध्यक्ष महिला,नरेन्द्र कर्माचार्य उपाध्यक्ष शाखा,विष्णु कुमार श्रेष्ठ कोषाध्यक्ष,लालमन तमाङ सह(कोषाध्यक्षप्रकाश काफ्ले सविच उधोग,गोविन्द खडका सचिव वाणिज्य निर्विरोध निर्वाचित भएका छन ।

यस्तै दिगम्बर चौधरी कार्यसमिती सदस्य आजीवन,साह आलम साफी कार्यसमिती सदस्य एशोसियट, शुशिला श्रेष्ठ कार्यसमिती सदस्य महिला,ललिता न्यौपाने कार्यसमिती सदस्य महिला निर्विरोध निर्वाचत भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *