सिन्धुली एमालेको अध्यक्षमा कस्ले मार्ला वाजी !

सिन्धुली,नेकपा एमालेको सिन्धुलीको ८औं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते सिन्धुलीमा सम्पन्न हुँदैछ । अधिवेशन नजिकिदै गर्दा आफ्नो पक्षलाई कसरी स्थापित गर्नेमा नेताहरु लागि परेको देखिन्छ ।

नेताहरु डम्बर कार्की र एमाले कमलामाई नगर कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अहिलेसम्म अध्यक्षका लागि आफूलाई उभ्याएर मत माग्न थालिसकेका छन् ।

महेन्द्र देव श्रेष्ठ पार्टीमा युवा नेतृत्व अपरिहार्य भन्दै विभिन्न पालिका कमिटीहरुमा दौडिरहेका छन् । भने अर्का नेता डम्बर कार्की पार्टीलाई केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीकै स्पिडमा विधि पद्धति र लेनिवादी संगठनात्मक पद्धति अनुसार दण्ड र पुरस्कारलाई संस्थागत गरेर अगाडि बड्नु पर्ने पक्षमा अगुवा नेता कार्यकर्ता बीच छलफल चलाइरहेका छन् । यस्तै वर्तमान पार्टी सचिव नारायण बराल अघिल्लो कार्यकालका सर्बसम्मत सचिव भएकाले पनि अहिले अध्यक्ष पदमा आफ्नो दाबी रहेको गरेकाछन् ।

पार्टी केन्द्रको सर्वसम्मत नेतृत्व चयनमा जोड दिनुपर्ने भन्दै केही नेताहरु आफ्नो पक्षमा सर्वसहमति कायम हुने कुरा आफ्ना निटकवर्तीहरु मार्फत बाहिर ल्याइरहेका छन् । यसरी सर्वसहमतिको खिच्चडी पकाएर आफ्नो पोल्टामा अध्यक्ष पार्नका लागि वर्तमान अध्यक्ष कुमारवहादुर कार्की र नेता खड्गवहादुर खत्री सक्रिय देखिन्छन् । कार्कीको पछिल्लो कार्यकाल पुरा नभएकाले पनि एक पटक पुःन अध्यक्ष बन्नु पर्ने पक्षमा उनी देखिन्छन् भने पूर्व अध्यक्ष एवम् नेता प्रदीप कटुवालका ससुराली भएकाले अन्त्यमा उनैलाई साथ सहयोग मिल्ने देखिन्छ ।

सिन्धुली एमालेमा यो वा त्यो अध्यक्ष बन्छन् भन्ने अड्कलबाजी अहिलेनैं गर्न सकिन्न तर लोकतान्त्रिक बिधी अबलम्मन गर्ने अबस्था आएमा डम्बर कार्की वा खड्गवहादुर खत्री र महेन्द्र देव श्रेष्ठ बीच प्रतिस्पर्धा हुने देखिन्छ । खत्री र कार्की मध्ये एक जना उम्मेदवार वन्ने देखिन्छ । अधिवेशन चुनावी प्रकृयामा गए कुमारवहादुर कार्कीको उम्मेदवार महेन्द्रदेव वन्नेछन् ।

अहिलेसम्म सचिवमा पुर्वमाओवादी तर्फवाट नवराज थिङ, अनेमसंघकी अध्यक्ष पार्वती भट्टराई,बेदराज दाहाल र तारानिधि पोखरेल आकांक्षी देिखएको वुझिएको छ । थिङ र दाहाललाई खड्गवहादुर र डम्बरको प्यानलले दुई मध्ये एकलाई सचिवको उम्मेदवार वनाउने तयारी देखिन्छ । भने पोखरेल र भट्टराईलाई कुमार वहादुर र महेन्द्रदेवको प्यानले दुई मध्ये एकलाई सचिवको उम्मेदवार वनाउने देखिन्छ । वेदराजलाई गणेश पहाडी देखी विषमलाल अधिकारी सम्मको सहयोग रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *