सिन्धुली,नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशन (भोली)बुधवार देखि सुरु हुँदै छ । एमाले सिन्धुलीको प्रचार तथा प्रकासन विभागले पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अधिवेशन हुने जाकारी गराएको छ ।
प्रचार विभाग प्रमुख संंजय दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले सिन्धुलीका ईन्चार्ज खेम लोहनीले अधिवेशनको उद्घाटन महासचिव शंकर पोखरेलबाट गर्ने तयारी भएको जानकारी दिए।
अधिवेशनबाट जम्मा १०५ जनाको नयाँ जिल्ला कमिटी बन्नेछ । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित एक सय जना निर्वाचित हुने र ५ जनालाई जिल्ला कमिटिको बैठकले मनोनित गर्ने जिल्ला ईन्चार्ज लोहनीले बताए। सो कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश अध्यक्ष कैलाश ढुगेल,रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडी,केन्दीय सदस्य कमलजंग राई,विषमलाल अधिकारी दनुवार,निरु दर्लामी,उमा कोइराला,जिल्ला अध्यक्ष कुमार वहादुर कार्की,प्रदिप कटुवाल लगातयका नेताहरु सहभागी थिए ।
अधिवेशनका लागि जिल्लाका नौ स्थानीय तहबाट ५१४, जनवर्गिय संगठनबाट ६७ जना, जिल्ला कमिटि सदस्य १३० जना, सल्लाहकार २५ जना, मनोनित ३९ जना गरी ७८४ जना प्रतिनिधि छनोट भएर आएका एमाले सिन्धुलीले जनाएको छ ।
एमाले सिन्धुलीको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि पाँच जनाले आकांक्षा देखाएका छन् ।
हाल जिल्ला अध्यक्ष रहनु भएका कुमार बहादुर कार्की (रामकुमार) सहित वर्तमान सचिव नारायण बराल, एमाले बागमती प्रदेश कमिटि सदस्यहरु खड्ग बहादुर खत्री, डम्बर कार्की र कमलामाई नगरकमिटिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अध्यक्ष बन्ने आकांक्षा रहेकाछन ।