सिन्धुली,नेकपा एमाले सिन्धुलीको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूको प्रयास असफल भएको छ । भोली उद्घाटन हुने जिल्ला अधिवेशनको तयारी पुराएको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन पछि वागमती प्रदेश अध्यक्ष कैलास ढुंगेलको पहलमा भएको सर्वसम्मतिको प्रयास असफल भएको नेताहरुले जानकारी दिएका छन् । अध्यक्षको लागि पाँच जनाले आकांक्षा देखाएका छन् ।
एकले अर्कालाई स्वीकार गर्न नसक्दा वर्ससम्मत प्रयास असफल भएको वताईएको छ । सर्वम्मतीको लागी आयोजना गरिएको वैठकमा खड्गवहादुर खत्रिले आफ्नो उम्मेदवारी दावी गर्दै आफु अध्यक्ष भए मेयर,साँसद कुनै राजकीय पदको दावी नगर्ने वताए । यदी प्रतिशपर्दीहरुले पनि यसमा सहमत भए आफु पार्टी अध्यक्षको उम्मेदवार नवन्ने वताएको वैठक पछि एक नेताले वताए । पार्टी अध्यक्ष पद मेयर र साँसदको टिकट प्राप्तीको लागी वार्गेनिको रुपमा लिएको भए त्यो भ्रम हुने खत्रीले प्रतिशपर्दीहरुलाई चेतावनी दिएको वुझिएको छ ।
जिल्ला अध्यक्ष रहनु भएका कुमार बहादुर कार्की (रामकुमार) सहित वर्तमान सचिव नारायण बराल, एमाले बागमती प्रदेश कमिटि सदस्यहरु खड्ग बहादुर खत्री, डम्बर कार्की र कमलामाई नगरकमिटिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अध्यक्ष बन्ने आकांक्षी रहेका छन ।