सिन्धुली,कमलामाई नगरपालीका पालीका वडा नम्वर ५ ऐसेलुजंघार सिन्धुली कारागारमा रहेका धनुषा जिल्ला घर भएका एक कैदीको सिन्धुली अस्पतालमा मुत्यु भएको छ । कैदी बिरामी भई उपचारको क्रममा मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।
धनुषा जिल्लाको क्षिरेश्वर नगरपालीका २ वस्ने रामानन्द साह सुडि धनुषा जिल्ला अदालतले लेनदेन विगो मुद्धामा १ सय ८१ दिन कैद फैसला भएको थियो । उनी कैद भुक्तानको लागी २०८१ साल असार २२ गते सिन्धुली कारागार आएका थिए ।
कात्तिक २७ गते उनलाई छातीमा समस्या भए पछि उपचारको लागी सिन्धुली अस्पताल लगिएको थियो । उपचारको क्रममा साह सुडीको सिन्धुली अस्पतालका चिकित्सकले मुत्यु भएको घोषणा गरेको वागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ । सो विषयमा प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।