सिन्धुली जिल्ला कारागारको थुनामा रहेका विमल वहादुर वस्नेतले कारागारवाटै एसईईको परिक्षा दिएका छन् । कमला मावि ढुंग्रेवासको खुल्ला विद्यालयवाट वस्नेत परिक्षामा सामेल भएका हुन ।
जिल्लामा शान्तिपूर्ण रुपमा माध्यमिक शिक्षा परिक्षा (एसईई)को पहिलो दिनको परिक्षा सम्पन्न भएको छ । विहान ८ बजेबाट शुरु भएको यस वर्षको एसईई जिल्लाका ९ वटै पालिकामा गरी २५ वटा केन्द्रमा परिक्षा सञ्चालन गरिएको छ ।
सिन्धुली जिल्लावाट ५ हजार ३ सय १३ परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका सुचना अधिकारी दुर्गावहादुर भुजेलले जानकारी दिएका छन । १ सय २३ सामुदायीक विद्यालयवाट छात्रा २ हजार ५ सय ८०,छात्र २ हजार १ सय ७६ सहित ४ हजार ७ सय ५६ जना विद्यार्थी सहभागी हुने छन् ।
२२ निजि विद्यालयवाट २ सय ३४ छात्र ३ सय २४ जना छात्रा सहित ५ सय ५८ परिक्षार्थी एसईई परिक्षामा सामेल हुने शिक्षा समन्वयका सुचना अधिकारी भुजेलले जानकारी दिए । गत वर्ष सिन्धुली जिल्लावाट ५ हजार २ सय ४८ विद्यार्थी एसईईमा सहभागी छन् ।