सिन्धुली जिल्ला अदालतले मृत्यु भैसकेका व्यक्तिको मुद्धा व्युतायो

सिन्धुली,जिल्ला अदालत सिन्धुलीले २०५४ साल देखीका केही माओवादी विरुद्धका ज्यानमार्ने उद्योगमा दर्ता भएका मुद्धाका आरोपितहरुको मृत्यु भैसकेपछि उनीहरु विरुद्धको मुद्धा व्युताएको छ । जिल्ला न्यायाधीश रमेश शर्मा पौडेलको एकल इजलासले पुराना मुद्धाहरु पुन जगाउन आदेश दिएको हो ।

२०५७ सालमा महादेवस्थानका गोरेवहादुर श्रेष्ठले महादेवस्थान गाविस ४ वस्ने शेरमान कुँवर उनकी श्रीमती निरुकुमारी कुँवर,वडा नम्वर ६ का तुलवहादुर माझी,सोही वडाका वुद्धिमान माझी, अमले गाविस ३ का कमल प्रसाद देवकोटा,सोही वडाका मोहन चन्द्र गौतम,सानी देवकोटा,सोनाम सिंह स्यातान,महादेवस्थान ६ का चन्द्रवहादुर माझी,कपिलाकोट गाविसका वडा नम्वर १ का उत्तमवहादुर ठाडा मगर,वडा नम्वर ३ का कुमार मोक्तानलाई ज्यानमार्ने उद्योगमा जिल्ला अदालतमा मुद्धा दर्ता गराएका थिए ।

यसैगरी गोरेवहादुरले कमलामाई नगरपालीका ९ चित्रनारायण श्रेष्ठ,हरिवोल गजुरेल,चन्द्रप्रसाद गजुरेल,पुरानो झागाझोली गाविस ६ का गोपी भन्ने किरण सार्की,झागाझोली गाविस २ वुद्धरत्न शाक्य,सुर्यकुमारी शाक्य,लाम्पानटार गाविस ३ का वलराम तिमल्सिना,भिमेश्वर गाविस ९ का देवीदत्त देवकोटा,तिनकन्या गाविस ८ का खम्व सिंह गुरुग,डुडभन्ज्याट ७ का शन्तोष कुमार वराल विरुद्ध जिल्ला अदालत सिन्धुलीमा ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गराएका थिए । गोरे वहादुरले मुद्धा दर्ता गराएका शेरमान कुँवर,कमलप्रसाद देवकोटा,मोहन चन्द्र गौतमको मृत्यु भैसकेको छ भने चित्रनारायण श्रेष्ठ वेपत्ताको सुचिमा छन् ।

यस्तै प्र.स.नि. जयवहादुर खड्काको प्रतिवेदन तथा रत्नवहादुर माझीले २०५४ सालमा महादेवस्थान गाविस ४ का शेरमान कुँवर,निर्मला कुँवर,वडा नम्वर ६ वस्ने हरिवहादुर श्रेष्ठ,यज्ञवहादुर श्रेष्ठ,नारायण वहादुर घोले,दुर्गावहादुर श्रेष्ठ,वडा नम्वर ९ वस्ने तुलवहादुर माझीलाई ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरेका थिए । यो मुद्धाका आरोपित शेरमान कुँवर, निर्मला कुँवर,यज्ञवहादुर श्रेष्ठको पनि मृत्यु भैसकेको छ ।

ज्यान मार्ने उद्योगको मुद्धा नियम अनुसार पेश हुन आएको प्रस्तुत मुद्धामा मिसिल अध्ययन गरी हेर्दा,प्रस्तुत मुद्धा २०५८ साल पुस १८ गते प्रतिवादीहरुका नाममा रित पुर्वकको म्याद जारी भएको तापनि निजहरु हाजिर नभई फरार रहेको देखीएकोले मुलतविमा राख्नु भन्ने आदेश भएको र प्रस्तुत मुद्धा हालसम्म जागेको नदेखिदा मुलतवीवाट जगाई कारवाही अगाडी वढाउनको लागी २०८० साल जेठ २२ गते कर्मचारीको प्रतिवेदन परेको देखिँदा प्रस्तुत मुद्धा मुलुकी फौजदारी कार्यविधि संहिता२०७४ को दफा ९८(४) वमोजिम मुलतविवाट जगाई दिएको छ । प्रस्तुत मुद्धा फौजदारी दायरीमा दर्ता गरी कानुन वमोजिम गर्नु । जिल्ला न्यायघिष रमेश शर्मा पौडेलले २०८० जेठ २३ गते आदेश दिएका हुन ।

जिल्ला अदालतले फरारको सुचिमा भनेका व्यक्तीहरु हरिवोल गजुरेल सिन्धुली जिल्लावाट निर्वाचित भए कृषि मन्त्री देखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनिति सल्लाहकार भए भने चन्द्र पसाद गजुरेल सिन्धुली क्षेत्र नम्वर २ वाट संविधान सभा सदस्यमा निर्वाचित भए,निरकुमारी कुँवर पनि क्षेत्र नम्वर ३ वाट संविधान सभा सदस्यमा निर्वाचित भएकी थिईन । यस्तै वुद्धीमान माझी,तुलवहादुर माझी पनि सिन्धुली जिल्लावाट साँसद भैसकेका व्यक्तीहरु हुन ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *