सिन्धुली झडपमा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार

सिन्धुली गर्भवती महिलाको मृत्युका विषयलाई लिएर फेरि सिन्धुली तनावग्रस्त भएको छ। अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीनबुँदे सहमति भएको केही समयमा नै पुनः आक्रोशित भिड र प्रहरीबीच झडप भएको हो।

झडपमा आन्दोलनरत र सुरक्षा निकाय दुबै पक्षका केही घाइते भएका छन्। झडपमा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको छ। आक्रोशित भिड नियन्त्रणबाहिर गएको छ।

हिजो राती जथाभावी तोडफोड गर्दै हिड्ने दुई युवाहरुलाई प्रहरीले नियन्त्रमा लिएको एस्पी राजकुमार सिलवालले वताए । मादक पदार्थ सेवन गरी सडकमा तोडफोड गर्दै हिडेका दुई जना युवाहरुलाई प्रहरीले नियन्त्रमा लिएको एस्पी सिलवालले विहान सर्वदलिय वैठकमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *