सिन्धुली माओवादीले भदौ १६ देखी जनतासँग माओवादी रुपान्तरण अभियान संचालन गर्ने

सिन्धुली,नेकपा (मओवादी केन्द्र) सिन्धुली जिल्ला समन्वय समितिको बैठक वागमति प्रदेश इन्चार्ज क। जनार्दन शर्मा (प्रभाकर) को प्रमुख आतिथ्यमा सिन्धुलीमाढीमा शुरु भएको छ । बैठकले सिन्धुलीमा माओवादी पार्टीलाई थप मजबुत बनाउन महत्वपूर्ण पहल गर्ने छ । सो वैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन)केन्द्रीय सदस्यहरु युवराज चौलागाई,वमध्वज लामा,महेश्वर दाहाल,दिर्घराज श्रेष्ठ,उर्मिलाकुमारी लामा तथा वामगती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री,सहसचिव प्रकाश श्रेष्ठ,सचिवालय सदस्य प्रेमवहादुर पुलामी,जिल्ला संयोजक पानीराज वम्जनको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमा माओवादी केन्द्रको ९ वटै पार्टी कमिटीका पदाधिकारीहरु,जिल्ला समन्वय सदस्य,जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु सहभागी रहेका थिए । माओवादी केन्द्रले भदौ १६ गते ९ वटै स्थानिय तहमा जनजनमा माओवादी घरघरमा माओवादी नारासहित जनताको घरमा पुग्ने ३ महिने विशेष रुपान्तरण अभियान संचालनको योजना अघि सारेको छ ।

सिन्धुलीमा ३ महिने विशेष रुपान्तरण अभियान संचालन गर्न केन्द्रीय उपमहासचिव हरिवोल गजुरेल,केन्द्रीय सदस्य महेश्वर दाहाल,शुभकुमारी गुर्मछान,सुस्पा भुजेल कमलामाई नगरपालीकामा सहभागी हुने छन् । सुनकोशी गाँउपालीकामा केन्द्रीय सदस्य युवराज चौलागाई सहभागी हुने छन् । चौलागाईको टोलीमा सुनकोशी गाँउपालीका अध्यक्ष दिपावोहोरा दाहाल,दिर्वसिं मोक्तान सहभागी हुने छन् । गोलन्जोर गाँउपालीकामा वमध्वज लामा केन्द्रीय सदस्य सहभागी हुने छन । उनी सँग गाँउपालीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने सहभागीता हुने छ ।

मरिण गाँउपालीकामा उर्मिला कुमारी लामा केन्द्रीय सदस्य सहभागी हुने छन । उनीसँग गाँउपालीका अध्यक्ष विर्मष मोक्तान,यमकुमार देवकोटा,संगिता माझी सहभागी हुने छन् । मीना शर्मा तिवारी केन्द्रीय आयोग दुधौली नगरपालीको नेतृत्व गर्ने छन् उनी सँग माओवादीका जिल्ला संयोजक पानीराज वम्जन,दिनेश अधिकारी,दिलवहादुर विक,घनश्याम वस्नेत सहभागी हुने छन् ।

हरिहरपुरगढी गाँउपालीकामा प्रेम पुलामी(प्रदेश पदाधिकारी) ले नेतृत्व गर्ने छन् जिल्ला समन्वय समितीका प्रमुख कारसा लामा,गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवा,वावुराम राई,ज्ञानवहादुर राईको सहभागीता रहने छ । मात्रिका प्रसाद भट्टराईले तिनपाटन गाँउपालीको नेतृत्व गर्ने छन् उनी सँग गाँउपालीका उपाध्यक्ष अशोक पुलामी रहने छन । इन्दीरा काफ्लेले ध्याङलेख सहभागी हुने छन् । उनीसँग गाँउपालीका उपाध्यक्ष शंकरमान घलान सहभागी हुने छन् । फिक्कल गाँउपालीकामा केपी पोखरले,केशव लोहार,विक्रम सुनुवार सहभागी हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *