सिन्धुली,नेकपा माओवादी केन्द्र सिन्धुलीले जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान संचालन गर्न जिल्लाको ९ वटै स्थानिय तहमा सोमवार बैठक सम्पन्न गरेको छ ।
भदौ १६ गते देखी संचालन गरिने तीन महिने अभियानको पुर्व तयारीमा वैठक सोमवार सम्पन्न गरेको हो । भदौ १६ गते ९ वटै स्थानिय तहका सवै वडाहरुमा माओावादी केन्द्र सिन्धुलीले घर घरमा माओवादी जन जनमा माओवादी कार्यक्रम संचालन गर्ने छ ।
तिन महिने अभियान संचाल गर्ने कमलामाई नगरपालिकामा माओवादी केन्द्रका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेल,केन्द्रिय कमिटि सदस्य महेश्वर दाहाल, प्रदेश कमिटि सदस्यहरु सुष्पा भुजेल,पदम अस्थानी,शुभ गुर्माछानको नेतृत्व सहित नगर पालिका कमिटी बैठक सहभागी रहेका छन् ।
सुनकोशी गाँउपालीकामा केन्द्रीय सदस्य युवराज चौलागाईको टोलीमा सुनकोशी गाँउपालीका अध्यक्ष दिपावोहोरा दाहाल छन् । गोलन्जोर गाँउपालीकामा वमध्वज लामा केन्द्रीय सदस्य सहभागी भए । उनी सँग गाँउपालीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने सहभागी छन ।
मरिण गाँउपालीकामा उर्मिला कुमारी लामा केन्द्रीय सदस्य सहभागी हुने छन । उनीसँग गाँउपालीका अध्यक्ष विर्मष मोक्तान,यमकुमार देवकोटा,संगिता माझी सहभागी छन्। मीना शर्मा तिवारी केन्द्रीय आयोग दुधौली नगरपालीको नेतृत्व गरि कि छन । उनी सँग माओवादीका जिल्ला संयोजक पानीराज वम्जन सहभागी भएका छन्
प्रेम पुलामी(प्रदेश पदाधिकारी) ले नेतृत्व गर्ने छन् जिल्ला समन्वय समितीका प्रमुख कारसा लामा,गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवा,वावुराम राई,ज्ञानवहादुर राईको सहभागीता रहेका छन् । मात्रिका प्रसाद भट्टराईले तिनपाटन गाँउपालीको नेतृत्व गर्ने छन् उनी सँग गाँउपालीका उपाध्यक्ष अशोक पुलामी छन । इन्दीरा काफ्लेले ध्याङलेख सहभागी छिन। उनीसँग गाँउपालीका उपाध्यक्ष शंकरमान घलान सहभागी छन । फिक्कल गाँउपालीकामा केपी पोखरले,केशव लोहार,विक्रम सुनुवार सहभागीता रहेको छ ।
