सिन्धुली माओवादी नेताहरु श्रमदानमा व्यस्त

सिन्धुली,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत सिन्धुलीमा श्रमदान गरिएको छ। अभियान उद्घाटनको दिन मकवानपुर जिल्लास्थित विभिन्न पालिकाहरुमा श्रमदान, सहिद परिवार सम्मान र विकास निर्माण कार्य गरेको छ।

माओवादी केन्द्र सिन्धुलीका अनुसार पार्टीको तीन महिने अभियानको उद्घाटन गर्ने क्रममा केन्द्रीय सदस्य जनतासँग श्रमदानमा जोडिएका हुन्।

सिन्धुलीको मरिण गाँउ कमिटीले खोला नियन्त्रण गर्ने, तटवन्धन लगाउने,आधारभूत विद्यालय,मठ मन्दीर,सडक सरसफाई,कुलो निर्माण गरेको नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटी सदस्य तथा मरिण गाउँपालिका अध्यक्ष विर्मष मोक्तान(प्रख्यात)ले जानकारी दिए। यसका साथै मरिण गाँउपालीका भित्रका चर्चहरु,सच्चाई, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उनले बताए।

यता, जोलन्जोर गाउँपालिकामा भने विपी राजमार्ग सरसफाई,रक्तदान,सडक मर्मत,विद्यालय सरसफाईको काम गरिएको पार्टीका पालिका रोषन श्रेष्ठले जानकारी दिए। फिक्कल माओवादी केन्द्रले गाँउपालीका भित्रका सडक मर्मत,अन्तरक्रिया गर्ने, जनताले चाहेको माओवादी रुपान्तरणका विषयमा जनतालाई सोध्ने लगायत काम गरेको माओवादी केन्द्र फिक्कल माओवादी केन्द्रका नेता विक्रम सुनुवारले जानकारी दिए।

त्यसैगरी हरिहरपुरगढी गाउँपालिकाले कमिटीले वडा ३ स्थित वागमती खोला किनारमा ठुलो परिणाममा किम्वुका विरुवा रोपेर गाँउपालीकालाई आम्दानीको श्रोत वढाउने कार्यको थालनी गरेको गाँउपालीका अध्यक्ष वज्रध्वज वाईले जानकारी दिए । वृक्षा रोपण कार्यक्रममा प्रमुख अतिथि सिन्धुली क्षेत्र नम्वर २ का सांसद लेखनाथ दाहाल(राजन) सहभागी भएका थिए ।

यस्तै कमलामाई नगर कमिटीले सार्वजनिक स्थलहरुमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सुनकोशी गाँउपालीका,तिनपाटन गाँउपालीका,ध्याङलेख गाँउपालीका,दुधौली नगरपालीका नगर कमिटीले पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु गरेको छ ।

माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्नेलगायत काम गरेको पार्टीका जिल्ला इन्चार्ज राजन दाहालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *