सिन्धुली,नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको जिल्ला अधिवेशनकाे मतदान प्रकृया सुरू हुँदै गर्दा एक पक्षले मतदानको लागि राखिएको मतपेटिका मिल्काई दिएको छ । युवा संघ सिन्धुलीकाे अध्यक्षकाे लागि हरिहरपुरगढीका दिपक माझी र कमलामाई नगरपालिका ७ का अरूण लामा उम्मेदवारी दिएका थिए । मतदानको लागि राखिएको मतपेटिका मिल्काए पछि एमालेकाे पाटी कार्यलयमा प्रहरी राखिएको छ । मतपेटिका मिल्काए पछि निर्वाचन प्रकृया स्थगित भएको नेकपा एमालेका एक नेताले जानकारी दिए । चुनावी नतिजा आफ्नो पक्षमा नआउने भएपछि लामा पक्षले मतपेटिका मिल्काएकाे आराेप अध्यक्षका उम्मेदवार दिपक माझीले आराेप लगाए ।