सिन्धुली रेडक्रशद्धारा डाक्टर सन्दुक सम्मानित

सिन्धुली,नेपाल रेडक्रश शोसाईटी सिन्धुली शाखाले नेपालका वरिष्ट नेत्ररोग विशेषज्ञ प्राध्यापक डाक्टर सन्दुक रुइतलाई सिन्धुलीमा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले डा.सन्दुकलाई सम्मान गर्नु भएको हो । सो कार्यक्रममा डाक्टर सन्दुककी श्रीमती नन्दलक्ष्मी श्रेष्ठ इरुतलाई प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल र वागमती प्रदेश सभा सदस्य क्षेत्रवहादुर वम्जनले संयुक्तरुपमा सम्मान गर्नु भएको थियो ।

सम्मानित हुनभएका सन्दुक राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारवाट पटक पटक सम्मानित हुन भएको छ । उहाँ काठमाडौमा तिलगंगा आँखा अस्पालका संचालनक हुनुहुन्छ । सम्मान कार्यक्रमा वागमती प्रदेश सभा सदस्या क्षेत्रवहादुर वम्जन,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,सुरक्षा निकायका प्रमुख,शिक्षक,विद्यार्थी,रेडक्रश कर्मी,नागरिक समाज,उद्योगी व्यापारीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *