सिन्धुली सडक दुर्घटना ८ जना घाईते

सिन्धुली,सिन्धुली जिल्लाको फरक फरक स्थानमा भएको सडक दुर्घटनामा ८ जना घाइते भएका छन् । मंगलबार बिहान अन्दाजी दुई बजे विपि राजमार्गमा बर्दिवासबाट काठमाडौँतर्फ जादै गरेको ट्रक र एम्बुलेन्स एकआपसमा ठोक्किदा एम्बुलेन्समा सवार चालक सहित तीनजनाको अवस्था मध्यम र एकजना समान्य घाईत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाको सुनकोशी गाउँपालिका ५ मुल्कोट नजिक प्रदेश १–०२–००१ ख ८८०० नम्बरको ट्रकको पछाडिबाट जाँदै गरेको बा २ झ ३१०७ नम्बरको बर्दिवास नगरपालिकाको एम्बुलेन्स एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिए । घाइतेको उपचारकालागी धुलिखेल अस्पताल पठाइएको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको दाहालले बताए ।

त्यसैगरि, सोमबार राती ९ बजे कमलामाई नगरपालिका वडा नं। ४ साथी होटल नजिक बि।पि।राजमार्गमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको छ । चियाबारीबाट सिन्धुली बजार तर्फ आउदै गरेको ज १२ प ७६३६ नम्बरको मोटरसाइकल सडकको बाँया दिशाको नालिमा खस्दा मोटरसाइकल चालकको दुवै खुट्टामा चोट लागेको सिन्धुली प्रहरीले जनाएको छ । घाईतको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात बिएण्डबि अस्पताल ललितपुरमा लगि उपचार भई रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सोमबार दिउँसो अन्दाजी एक बजे टोएटा पिकप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ । जिल्लाको फिक्कल गाउँपालिका ४ खाङ्साङ बजार स्थित मध्यपहाडि लोकमार्गमा ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा ९७९३ नम्बरको टोएटा पिकप गाडि र बिपरित दिशा काठमाडौबाट ओखलढुंगा तर्फ जाँदै गरेको बा।प्र। ०२–००१ ब ६०२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक र सवार दुवैजना घाईते भएका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको र मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल सुनकोशी गाँउपालिका कार्यालय ओखल्ढुंगाको रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *