सिन्धुली,विपत व्यवस्थापनको लागी गोलन्जोर गाँउपालीका ७ खुर्कोट वसपार्क नजिक सुनकोशी नदि किनारमा राखिएको सशस्त्र प्रहरी वेस क्याम्पन गए राती देखी डुवानमा परेको छ । सुनकोशी गाँउपालीका वडा नम्वर ५ को मुल्कोट वजार,क्वालीटी विच रिसोट,आसपाका वस्तीहरुमा सुनकोसी नदी डुवाएको छ । यस्तै नदीमा आएको बाढीले डुबाउँदा मुल्कोटमा रहेको पशुपति प्रावि डुवानमा परेको विद्यालयका प्रधानाध्यापक निर्मला श्रेष्ठले वताईन ।
सो विद्यालयमा अपांङता भएका विद्यार्थीलाई आवास सहितको व्यवस्था छ । अहिले उनीहरुलाई सुरक्षित स्थान गाँउपालीकामा रामटारमा सार्ने काम भैरहेको प्रधानाध्याक श्रेष्ठले वताईन । स्कुल नजिक रहेको नागेडाडाँ खानेपानीको सोलार प्यानल र त्यसको कम्पाउन्ड नदीले वगाउन सकेन भने विद्यालय सुनकोशी नदीले वगाउने प्रअ श्रेष्ठको भनाई छ ।
खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका डुवानमा परेको शसस्त्र प्रहरी वेस क्याम्प सिन्धुलीका प्रमुख वलराम प्रसाईले जानकारी दिनुभयो । विपत व्यवस्थापनको लागी राखिएको टोलीनै विपतमा परको प्रहरी उपरिक्षक प्रसाईले वताउनुभयो । क्याम्प भित्र भएका उद्धारमा प्रयोग हुने सामानहरु लगायतका अन्य सामाग्रीहरु निकाल्न नसकिएको उहाँले वताउनुभयो । मुल्कोटमा उद्धार गर्न जाँदा शसस्त्रको टोली वस्ने क्याम्पनै डुवानमा परेको छ ।
सुनकोसी नदीमा पानिको बहाव उच्च रहेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्न भनिए पनि घर तथा होटलका सामानहरू निकाल्न सकिएको छैन । स्थानीय र प्रहरीले उद्धारको लागि पहल गरिरहेका छन्।