सजिना श्रेष्ठ
सिन्धुलीको सुनकोशी गाँउपालीकाका नागरिकले अव देखी राष्ट्रिय परिचय–पत्र फारम भर्न जानु नपर्ने भएको छ । सुनकोशी गाँउपालीका र प्रमुख जिल्ला अधिकारी सहितको वैठकले सम्वन्धित वडावाटै राष्ट्रिय परिचय–पत्रको फारम भर्ने निर्णय गरेको गाँउपालीका अध्यक्ष दिपा वोहोरा दाहालले वताउनुभयो ।
सो वैठकमा सुनकोशी गाँउपालीका अध्यक्ष दिपा वोहोरा दाहाल,उपाध्यक्ष कपिल कोइराला,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,वडा अध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी सहित विषयगत शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुनकोशी गाँउपालीकाले राष्ट्रिय परिचय पत्र प्राप्तीको प्रयोजन प्रि–इन्नोलमेन्ट फारम गाँउपालीकाको सवै वडा वाट भर्न पाउने भएका छन । वैठकमा व्यक्तिगत घट्ना दर्ता,नागरिक्ता सिफारिस का विषयमा पनि छलफल भएको सुनकोशी गाँउपालीका वडा नम्वर ५ का अध्यक्ष सुरतवहादुर वसेलले जानकारी दिए ।