सिन्धुली,सुनकोशी गाउँपालिका वडा न १ दुम्जा वडा न ४ कोटगाँउ र वडा न ५ को रामटारमा संचालित आँखा शिविर सञ्चालन सम्पन्न भएको छ । शिविरमा ७५६ जनाले सेवा लिएकाछन । ३८९ जनाले गाउँपालिकाको तर्फबाट निशुल्क चस्मा प्राप्त गरेका छन् । ४८ जनाको तिलगंगा अस्पतालको तर्फबाट मोतिविन्दुको अप्रेसन निशुल्क हुने भएको छ ।
सिन्धुलीयन श्रेष्ठ समाज लगायत मुकुटेश्वरी सहकारी , युवा क्लब , वडा कार्यालयहरु, रेडक्रस प्राविधिक सहयोग तथा निशुल्क सल्यक्रिया सहितको सुविधा उपलब्ध गराउनुहुने तिलगंगा आँखा प्रतिष्ठान र सम्बन्धित सरोकारवाला सवैलाई सुनकोशी गाँउपालीकाले धन्यवाद दिएको छ ।