सिन्धुलीको सुनकोशी गाउँपालिकाले आर्थिक बर्ष आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो बर्षको दास्रो अधिवेशन मार्फत गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि निति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले चालु तर्फ ४३ करोड ३२ लाख ४१ हजार अर्थात ७३ दशमलब ८८ प्रतिशत पुजिगत तर्फ १५ करोड ३१ लाख ५० हजार अर्थात २६ दशमलब ११ प्रतिशत गरि कुल बजेट ५८ करोड ६३ लाख ९१ हजार रुपैया बजेट प्रस्तुत गर्नुभएको छ ।
पालिकाले कृषिमा आत्मानिर्भर, आन्तरिक तथा बाह्य पर्यटको आर्कषण बढाइने, रोजगार सिर्जना गर्ने, गुणस्तरिय स्वास्थ्य, गुणस्तरिय शिक्षा, कृषकलाई मल बिउ शुनिश्चितता, स्वच्छ खानेपानी लगायतको निति कार्यक्रम ल्याएको छ ।