सिन्धुलीको सुनकोशी गाँउपालीका वडा नम्वर ३ वोहोरेटारमा राहत शिक्षकको आन्दोलनमा सिन्धुलीबाट काठ्माण्डौ जादै गरेको गाडी दुर्घटनामा परेको छ । सो दुर्घटनामा अधिकांश जना शिक्षक घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको मधेस प्रदेश ०४–००१ झ ००६२ नम्बरको विद्युतीय गाडी आज सुनकोशी गाउँपालिका ३ स्थीत बोहोरेटारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आन्दोलनमा सहभागि हुन काठमाडौँ हिडेका सामुदायिक विद्यालयका राहत, अस्थायि, करारका शिक्षक सवार विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका सुचना अधिकारी प्रहरी नयव उपरिक्षक चिरञ्जिवी दाहालले जानकारी दिए।
घाईतेको उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । ईलेक्ट्रिक गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदा १० जना शिक्षक घाईते भएका हो । हाल चालक कमलामाइ नगरपालिका ८ का तेजबहादुर कार्की प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक दाहालले वताए ।
दुर्घटनामा परि कमलामाई नगरपालिका ६ बस्ने ४६ वर्षीय निर कुमार चालिसे अबस्था मध्यम, काभ्रे जिल्ला बनेपा नपा १० बस्ने ४० वर्षीया गार्की बस्नेत अबस्था मध्यम, कमलामाई नपा ५ बस्ने ४६ वर्षीया कमला घिमिरे अबस्था मध्यम, तिनपाटन गापा १० बस्ने ४० वर्षीय राजन कार्की अबस्था मध्यम, कमलामाई नपा १ बस्ने ३४ वर्षीय मुकुन्द थापा अबस्था गम्भिर घाईते भएका छन् ।
यसैरी कमलामाई नपा १ बस्ने ४१ वर्षीय भुवन थापा अबस्था मध्यम, कमलामाई नपा ४ बस्ने ४० बर्षीया बबिता देवकोटा अबस्था मध्यम, कमलामाई नपा ६ बस्ने ४६ वर्षीय बिष्णु ढकाल अबस्था मध्यम, विष्णु ढकालका छोरा ११ वर्षीय निश्चल ढकाल अबस्था मध्यम र कमलामाई नपा ६ बस्ने ४० वर्षीय सरोज थापा अबस्था सामान्य रहेको प्रहरी प्रहरीले जनाएको छ ।