सिन्धुली,गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको छ । काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको वागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका इन्द्र माझी घाइते भएका छन् ।
