सुनकोशीमा पानीको करेन्ट तिव्र हुँदा खोजी कार्य प्रभावित

सिन्धुलीको गोलन्जोर गाँउपालीका वडा नम्वर ७ भएको गाडी दुर्घटनमा संलग्न शसस्त्र प्रहरीको गोताखोरलाई पानीको कारण मानिस खोजी कार्यमा समस्या भएको छ । शसस्त्र प्रहरी वल चितवन कुरिनटारको टोलीले सुनकोशी नदिमा वेपत्ता भएको गाडी र त्यसमा सभार तिन जना मानिसको खोजी कार्य शुक्रवार साँझ वाट सुरु गरेको छ ।

शुक्रवार काठमाडौवाट मध्यपहाडी लोकमार्ग हुँदै खोटाग जादै गरेको सिटीइभिटीई तालिम केन्द्रको गाडी सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालीका वडा नम्वर ७ लौकुन नभघाट घाटमा दुर्घटना हुँदा गाडीमा सभार तिन जना सुनकोशी नदिमा डुवेर वेपत्ता भएका छन् ।

सुनकोशी नदिमा वेपत्ता हुनेहरुमा तनहु जिल्ला भानु नगरपालीका वडा नम्वर ९ स्थायी वासिन्दा सहसचिव कृष्णराज केसी,पुर्वी नवलपरासी जिल्ला प्रगती नगरपालीका वडा नम्वर ७ का यमप्रसाद भुर्तेल र इलाम जिल्ला फुयतया नगरपालीका वडा नम्वर ५ का भानु पौडेल रहेको छन् ।

सिटीइभिटीको स्कार्पियो आफै अनियन्त्रीत भई सडक भन्दा करिव १ सय ५० मिटर लत सुनकोशी नदिमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । चालक हामफालेर वाच्न सफल भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई उपचार पछि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *