सुनकोशीमा बेपत्ता भएका ३ जना अझै भेटिएनन्

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला परेका छैनन् । शनिबार साँझ जिपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी गर्दा पनि फेला पर्न नसकेका हुन् ।

सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गरे पनि मान्छे फेला पर्न नसकेको शसस्त्र प्रहरी वल सिन्धुलीका प्रमुख वलराम प्रसाईले जानकारी दिए ।

‘२४ घण्टादेखि निरन्त खोजी भइरहेको छ । तर अहिलेसम्म मान्छेको अवस्था पत्ता लगाउन सकिएको छैन’, प्रसाईले भने । सशस्त्रकै गोताखोर टोलीले जिप भने आइतबार राति २ बजेतिर फेला पारेको थियो ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशीमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *