सिन्धुली,नेकपा माओवादी केन्द्र सुनकोशीको अधिवेशनवाट अध्यक्ष को होला भन्ने सुनकोशीका आम नागरिकलाई चासोको विषय वनेको छ । यही पुस २१ गते माओवादी केन्द्र सुनकोशी गाँउ कमिटीको अधिवेशन हुँदैछ । अधिवेशनमा अध्यक्षका सम्भावित पात्रहरु महेश्वर कोइराला,सन्तोष दाहाल,दुतराज पुलामी र चन्द्रवहादुर स्याङ्गवो मुख्य रुपमा देखिन्छन ।
महेश्वर कोईरालाले नेकपा माओवादी केन्द्र सुनकोशी गाँउ पाटी कमिटी अध्यक्षको इच्छा देखाए भने सर्वसम्मत अध्यक्ष वन्ने सम्भावना प्रवल देखिन्छ । सुनकोशी गाँउपालीका १ का महेश्वर कोइराला नेकपा माओवादी केन्द्र सिन्धुलीका सिनियर जिल्ला कमिटी सदस्य भित्र पर्छ ।
कोइराला सर्व सम्मत हुने काराण यस्तो छ । वर्तमान अध्यक्ष दुतराज पुलामीले स्थानिय सरकारसँग पार्टी जोड्न नसकेको आरोप माओवादी नेता र कार्यकर्ता वृतमा छ । स्थानिय सरकारले गरेका राम्रा काम पनि स्वीकार्न नसक्ने तथा नराम्रा कामको आलोचना सहित सुझाव पनि सरकार प्रमुखलाई दिन नसकेको उनीमाथि अर्को आरोप छ । सुनकोशीमा स्थानिय सरकारसँग पार्टीको दुरी वढाउने मुख्य पात्रको रुपमा दुतराजलाई लिइन्छ । उनी निकट समयमा वैदेशीक रोजगारमा जाने तयारीमा छन् ।
सुनकोशी गाँउपालीका ५ का पुर्व वडा अध्यक्ष सन्तोष दाहाल पार्टीको सुनकोशी गाँउ कमिटीको अध्यक्ष या कुनै पदमा चुनाव उठ्ने मनस्थितीमा छैन । उनी लेखनाथ दाहाल(राजन)सँग दुरी घटाएर २०८४ को चुनावमा गाँउपालीका अध्यक्षमा जाने दाउमा छन । दाहाल सुनकोशी माओवादी भित्र एक चतुर खेलाडी भित्र पर्छन ।
यस्तै वर्तमान गाँउ कमिटीका सचिव चन्द्रवहादर स्याङ्गवोलाई अध्यक्ष वन्ने रहर छ । तर अध्यक्षको उम्मेदवार घोषणा गर्ने पक्षमा उनी पनि देखिदैनन । जस्तो शंकट पर्दा पनि सुनकोशी पाटी कमिटीलाई सहि ढंगले अगाडी वढाउन सक्ने पात्र खडा भए आफु जुन पदमा पनि वस्न तयार हुने स्याङ्गवोको भनाई छ ।
महेश्वर कोईराला अध्यक्षको उम्मेदवार हुँदा उनको टिम यस्तो वन्न सक्छ । उपाध्यक्ष विष्णु थापा वडा नम्वर ६,उपाध्यक्ष पेमा लामा वडा नम्वर २,महिला उपाध्यक्ष डेना कोइराला वडा नम्वर ३,चन्द्रवहादुर स्याङ्गवो सचिव वडा नम्वर ७,सहसचिव सुरथवहादुर वसेल वडा नम्वर ५,कोषाध्यक्ष सुभद्रा न्यौपाने वडा नम्वर ४ सहित नेकपा माओवादी केन्द्रको सुनकोशी गाँउकमिटी हाक्ने दरीलो पदाधिकारी टिम वन्न सक्छ ।