सिन्धुली,जिल्लाको सुनकोशी गाँउपालीकाले विद्यार्थीको चाहाना अनुसारको एक विद्यार्थी एक फलफुलको विरुवा वितरण गरेको छ । विद्यार्थीको चाहाना अनुसारको विरुवा वितरण गर्दा विरुवा संरक्षण गर्ने हुर्काउ विद्यार्थीले ध्यान दिन्छन भन्ने मनसायले गाँउपालीकाले विद्यार्थी लक्षित फलफुलका विरुवा वितरण गरेको छ ।
गाँउपालीकाले माटो र उत्पादनसग जोडदै वातावरण संरक्षण गर्ने पालिकाको नीति अनुसार पन्चकन्या मावि हायुगाउँ,ज्वालादेवी मावि दुम्जा,कुशेश्वर विद्यापिठ मावि दुम्जा,शिद्ध मावि कोटगाँउका विद्यार्थीलाई फलफुलका विरुवा वितरण गरिसकेको छ ।
सुनकोशी गाँउपालीका भित्रका १० वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरु लाई विद्यार्थीहरुको रुचि अनुसारको विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख प्रदिप श्रेष्ठले वताए । पालीका भित्रका सवै माध्यमिक विद्यालयका करिव ७ सय विद्यार्थीलाई फलफुलको विरुवा वितरण गर्ने कार्यक्रम रहेको श्रेष्ठले वताए । आफ्नो रुचि अनुसार लिएको एक विद्यार्थी एक फलफूलको बिरुवा हुर्काउने जिम्मा पनि विद्यार्थीको भुमिका महत्वपुर्ण रहन्छ ।