सिन्धुली,सुनकोशी गाँउपालीकामा भएका ४२ सार्वजनिक विद्यालय मध्ये ८ सार्वजनिक विद्यालयमा महिला प्रधानाध्यापकहरुले पुरुष सरह विद्यालय संचालन गरि रहेका छन् । सुनकोशी गाँउपालीकाको एक मात्रै नमुना विद्यालय प्रगतिशिल माध्यमिक विद्यालय रातमाटामा महिला प्रधानाध्यापक सरिता चौलागाई हुनुहुन्छ । जिल्लामा ५ वटा नमुना विद्यालय रहेको जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख निर्मल घिमिरेले वताउनुभयो ।
सुनकोशी गाँउपालीकाको श्री प्रगतिशिल माध्यमिक विद्यालय रातमाटा,मरिण गाँउपालीका ७ मा रहेको माध्यमिक विद्यालय कपिलाकोट छाप ,कमलामाई नगरपालीका वडा नम्वर ५ को जनज्योती माध्यमिक विद्यालय फोस्रेटार,दुधौली नगरपालीका वडा नम्वर २ को माध्यमिक विद्यालय भलुवाही र वडा नम्वर ४ को सरस्वती मावि डकाहा नमुना विद्यालय हुन ।
५ नमुना विद्यालय सहित जिल्ला भरीका माध्यमिक तहमा स्थायी दरवन्दी भएका प्रधानाध्यापक मध्ये प्रगतिशिल माध्यमिक विद्यालयका प्रधानाध्यापक सरिता चौलागाई एक मात्रै महिला प्रअ भएको शिक्षा समन्वय ईकाइका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
सरिता कक्षा ६ देखि १२ कक्षासम्म प्रगतिशिल माध्यमिक विद्यालयमै पढ्नु भएको हो । विद्यालयमा प्रधानाध्यापक भएको एक वर्ष भयो उहाँले वताउभयो । मैले अनि मेरो वुवाले पनि यहि विद्यालयमा पढ्नुभएको उहाँको भनाई छ ।
आफैले पढेको विद्यालयमा प्रअ हुन पाएकोमा गर्भ लाग्नु स्वभाविका भएको उहाँको प्रतिकृया छ । अन्य जिल्लामा प्रधानाध्यापक वन्ने अवसर मिले पनि आफ्नै ठाउँमा सेवा गर्ने रहरले काभ्रेमा राम्रो छँदाछँदै प्रगतिशील माविमा आएको उहाँले सुनाउनुभयो ।
उहाँको सुविधा सम्पन्न आवासीय नमुना विद्यालय बनाउने र गुणस्तरीय शिक्षा मा जोड दिने योजना छ। शिक्षकहरूको टिम पनि राम्रो नै रहेको छ। काम गर्न सहज पनि रहेको छ। प्रगतिशिल माध्यमिक विद्यालयको २६ औं प्रधानाध्यापकको रुपमा चौलागाई आउनु भएको छ ।
महिलाले नै नेतृत्व गरेको अर्को विद्यालय हो सुनकोशी गाँउपालीका वडा नम्वर ५ नागेडाँडामा रहरेको सहस्ररधारा आधारभुत विद्यालय । विद्यालयको प्रधानाध्यापक सरस्वती दाहाल हनुहुन्छ । २०१३ सालमा स्थापना भएको यो विद्यालयले धेरै राजनितिक कर्मी उत्पादन गरेको छ । सरस्वती कक्षा १ देखी ७ सम्म सोही विद्यालयमा पढेर केही समय प्रगतिशिल मावि र त्यस पछि कुशेश्वर विद्यापीठ दुम्जावाट एसएलसी गर्नु भएको हो ।
सहस्ररधारामा आविमा सरस्वती प्रधानाध्यापक भएको ६ वर्ष भयो । आफैले पढेको स्कुलमा प्रअ हुन पाउन मेरो लागी गर्भको विषय हो । तर राजनितिक परिवर्तको लागी इतिहाँस वोकेको यो विद्यालयले जोसँग आसा गरेको थियो । त्योवाट सहयोग प्राप्त नभए पछि निरासा लाग्दो रहेछ । तपाईहरुको भाषामा यसलाई के भन्छ आफै वुझ्नुहोला ।
सतिदेवी प्राथमिक विद्यालय सुनकोशी ३ ताम्लीट प्रधानाध्यापक पारुल खड्काले रामेछापको खनियापानीमा प्रावि,निमावि तह अध्ययन गरेर माध्यमिक देखी उच्च शिक्षा प्रगतिशल माध्यमिक विद्यालयमा वढ्नु भएको हो । सतीदेवी प्राविमा उहाँले १० वर्ष देखी प्रधानाध्यापक भएर काम गरि रहनु भएको छ । प्राय दलित समुदायको वस्ती भएकोले विद्यार्थी कम आउने समस्या थियो । विद्यालयमा विद्यार्थी आकर्सीत गर्न हेलो सिष्टम,निशुल्क स्टेशनरीको व्यवस्था गर्नु परेको उहाँले वताउनुभयो ।
हेलो सिष्टम भनेको कक्षामा कुन विद्यार्थी आएको छैन क्लास शिक्षकले घरमा फोन गरेर विद्यार्थी नआउनुको कारण,स्वास्थ्य अवस्था जानकारी अभिभावकसँग लिदै विद्यार्थीलाई विद्यालय सम्म आउने वातारवण वनाएको अनुभव उहाँसग छ । अहिले सो विद्यालयले नेपालका चाड पर्व अनुसारको गतिविधि विद्यार्थीलाई गर्न लगाउने गरेको छ । सुरुका दिनमा विद्यालयको भौतिक पुर्वाधार कमजोर थियो अहिले वालवालीकालाई पढ्न सुविधा सम्पन्न कक्षा कोठाको व्यवस्था विद्यालयमा छ । विद्यालयमा विद्यार्थीको उपस्थिती राम्रै भएको प्रअ खड्काले वताउनभुयो ।
पशुपति आधारभुत विद्यालय मुल्कोट प्रधानाध्यापक निर्मला श्रेष्ठ स्थापना काल देखीको प्राधानाध्यापक भएर स्कुल संचालन गर्नु भएको छ । वासको टाँटी र खरको छाना देखी अहिलेको भौतिक पुर्वाधारले सम्मपन्न विद्यालयको प्राधानाध्यापक वन्ने अवसर उहाँलाई प्राप्त भएको छ । निर्मलाले मुकुटेश्वरी प्रावि पल्धुरीमा कक्षा ५ सम्म पढ्नुभएको हो । त्यस पछि प्रगतिशल माध्यमिक विद्यालय रातमाटा पढ्न जानु भएको हो ।
स्थापनाको छोटो समयमा पशुपती आधारभुत विद्यालयले निकै प्रगति गरेको देखिन्छ । विद्यालयमा विद्यार्थी संख्या राम्रो रहेको प्रअ श्रेष्ठले वताउनभुयो । पशुपति आधारभुत विद्यालयमा अहिले बौद्धिक कक्षा आवासीय सहित चलिरहेको छ । विद्यालयमा २१ जना बौद्धिक अपाङ्गता भएको विद्यार्थीहरु पनि छन । विद्यालयमा १३ जना विद्यार्थीहरु आवास सहित वस्ने गरेका छन ।
यस्तै सरिता श्रेष्ठ सुनकोशी २ सेतीदेवी प्रावि साँधी प्रधानाध्यापक हुनुहुन्छ । सुनकोशी गाँउपालीका वडा नम्वर ५ जनज्योती प्रावि लिठे भन्ज्याङ्गमा मालति खड्का प्रधानाध्यापक हुनुहुन्छ । त्यसैगरी भुमेश्वर प्रावि सुनकोशी गाँउपालीका वडा नम्वर ५ खनियाखर्कमा तारा कार्की प्रधानाध्यापक भएर स्कुल संचालन गरि रहुन भएको छ । सुनकोशी गाँउपालीका वडा नम्वर ६ चैनपुरमा चण्डेश्वर निमाविमा वनिता अधिकारी प्रधानाध्यापक भएर स्कुल संचालन गरि रहनु भएको छ ।