सुनकोशी रनिङ शिल्डको उपाधी ग्रामकाली मावि अमारेको पोल्टामा

सिन्धुली,सुनकोशी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधी श्री ग्रामकाली मावि अमारेले हातपारेको छ । गएको शुक्रबार सुरू भई आज सम्पन्न भएको प्रतियोगितामा श्री ज्वालादेवी मावि, वालुवा दुम्जा दोश्रो भएको छ । श्री कुशेश्वर मावि, दुम्जाले तेस्रो स्थान हासिल गरेको छ ।

स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने नाराका साथ सुरू भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले उद्घाटन गर्नुभएको थियोे ।

प्रतियोगितामा सुनकोशी गाउँपालिका भित्रका १० वटा मावि विद्यालयहरूले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा छात्र,छात्रा भलिबल, कबड्डी, १ सय देखि ३ हजार मिटर दौड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिङ थ्रो लगाएतका खेलहरू भएको सुनकोशी गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा पहिलो,दास्रो र तेस्रो हुने विद्यालयले ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *