खुर्कोट,तिलगंगा आँखा प्रतिश्ठान,काठमाडौं ,सुनकोशि सामुदायिक अस्पताल खुर्कोट र गोलन्जोर गाउपालीकाको सयुक्त आयोजनामा २ दिने मोतिबिन्दुको अप्रेसन शिबिर सुरुभएको छ ।
आँखा शिविरको गोलन्जोर गाँउपालीका उपाध्यक्ष ज्वाल प्रसाद न्यौपान र सुनकोशी सामुदायीक अस्पतालका अध्यक्ष केशव प्रसाद देवकोटाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । गोलन्जोर गाउँपालिका वसोवास गर्ने १ जना नागरिकको निशुल्क मोतिया विन्दुको अप्रेसन हुनेछ ।
यस कार्यमा गोलन्जोर गाउँपालिका सग सहकार्य गर्नुहुने तिलगंगा आँखा प्रतिश्ठान काठमाडौ र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटलाई गाउपालिकाको तर्फबाट उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले बिशेष धन्यवाद दिनुभयो ।