सिन्धुली–नेकपा माओवादी केन्द्र सिन्धुलीवाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरुसँग विकास निर्माणका विषयमा एक अन्तरकृया कार्यक्रम सनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले प्रमुख अतिथि माओवादी केन्द्र जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले विकाश निर्माणका विषयमा जनप्रतिनिधिहरु संग छलफल गरेका थिए । छलफलको क्रममा आगामी वर्षको वजेट वनाउँदा जनतालाई प्रत्यक्ष लाभ हुने खालका योजना छनोटमा ध्यान दिन दाहालले निर्देशन दिएका छन ।
जिल्ला समन्वयको सभा हलमा भएको कार्यक्रममा जिल्लाका नौ वटै स्थानिय तहवाट निर्वाचित नगर प्रमुख, गाँउपालीका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा कार्यपालीका सदस्यहरुको सहभागीता थियो । अन्तकृया कार्यक्रम सँगै केही महत्वपुर्ण निर्णयहरु भएका छन ।
पालीका स्तरमा नियमित समिक्षा वैठक राख्ने, सवै पालीकाले आफ्नो आफ्नो सापेक्षतामा दुई वटा जनतासँग प्रत्यक्ष सरोकार राख्ने दिर्घकालीन योजना वनाई लागु गर्ने, समस्त जिल्लाको विकास निर्माणका कामलाई सन्तुलीत ढंगले अघि वढाउने जस्ता विविध निर्णय गर्दै वैठक सम्पन्न भएको छ । कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा आयोजना भएको हो ।
सिन्धुली जिल्लामा माओवादीवाट २३ वटा वडामा वडा-अध्यक्ष, ३ गाउँपालिकामा उपप्रमुख, ३ गाँउपालीकामा अध्यक्ष, १ नगरपालिकामा नगरप्रमख र जिल्ला समन्वय समिति प्रमुखमा एक जनप्रतिनिधि निर्वाचित छन् ।