सिस्न्धुली,आर्थिक वर्ष २०७९ ÷ ०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७।५० अंक प्राप्त गरि मरिण देशकै उत्कृष्ट पालिका बनेको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मरिण गाउँपालिका देशकै उत्कृष्ट पालिका बनेको हो ।
यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९९४।७५ अंक प्राप्त गरि बागमती प्रदेशकै पहिलो पालिका बन्न सफल भएको छ । मरिण गाउँपालिकाका अध्यक्ष विर्मश मुक्तानले मरिणलाई हरेक क्षेत्रमा देशकै उत्कृष्ट बनाउन प्रयासरत रहेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले आगामी दिनमा यसलाई निरन्तर अगाडी वढाइने बताउनुभएको छ ।