सिन्धुली,सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ गुर्जिडाँडामा रहेको सम्झना प्राथमिक विद्यालयको भवन सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले उद्घाटन गर्नु ।
एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य दाहाल ले विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । कुल ३५ लाख ६८ हजार ५७ रुपैयाँ लागतमा कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ठेक्का लिएर भवन निर्माण गरेको हो ।
नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट बालबालिकाहरुलाई राम्रो शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अन्य भवन निर्माण गर्नको लागि यो बर्ष पनि ४ करोड बजेट विनियोजन भएको बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले यो बर्ष ७ वटा विद्यालयहरुको भवन निर्माण हुने बताउदै ६ वटा भवनको ठेक्का प्रक्रियाको काम सकिएको बताउनुभयो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, राजनितिक दलका नेताहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।
२०८० मंसिर २२ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले २०८१ जेठ ३० गते निर्माण सम्पन्न गरेको छ । एक तलाको चार कोठे भवन निर्माण भएपछि विद्यालयको पठनपाठन गर्न सहज भएको छ ।