सिन्धुलीको हरिहरपुरगढी गाँउपालीका वडा नम्वर ४ हाकपारमा शहरी विकास मन्त्री सिता गुरु र वागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलले संयुक्तरुमा झोलुङ्गेपुलको उद्घाटन गरेका छन् ।
कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि शहरी विकास मन्त्री गुरुङ्गले समय अनुसार विकासका योजनाहरु परिमार्जन हुँदै जाने वताईन । कार्यक्रम डिजाईन गर्दा हाकपारामा झोलुङ्गेपुलको आवश्यकता थियो । निर्माण सम्पन्न सँगै मोटरेपल पक्की पुलको आवश्यता भएको भएको चर्चा चल्न थालेको वताईन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन),ले शहरी विकास मन्त्रालयवाट जिल्लामा योजनाहरु कम पर्ने गरेको छ । त्यसलाई ध्यान दिएर मरिण खोलामा पक्कीपुल निर्माणको लागी आवश्यक रकम विनियोजन गर्न शहरी विकास मन्त्रीलाई आग्रह गरे । कमसमानुपातीक सांसद शुशिला थिङ्ग,महामहिम स्वीस राजदुत,हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवा,शहरी विकास मन्त्रालयका सचिव,वागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव,स्थानिय पुर्वाधार विभागको महानिर्देशक,जिल्ला समन्वय समितीका प्रमुख कारसाङ्ग लामाको सहभागीता रहेको थियो । वागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।