सिन्धुली,सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालीका वडा नम्वर १ बडरे बस्ने केनम सिंह गोलेको छोरा वर्ष १९ को मनराज गोलेलाई चट्याङ लागेर घाईते भएका छन । उनलाई उपचारको लागि स्थानिय स्वाथ्यचौकी बडरेमा सामान्य उपचार पछि थप उपचारको लागी हेटौडा पठाउएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चट्याङबाट निजको १ बाख्रा घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै हरिहरपुरगढी गापा वडा नम्वर ४ गुडखोला बस्ने बर्ष ३५ को डिल बहादुर पुलामी मगरको १ तले काठले छाएको मानिस घर सोलारको बाट्री पडकिएर आगलागी हुँदा उक्त घर जली पुर्ण रुपमा क्षती भएको छ । मकै २५ मुरी,धान ३० मुरी,कोदो १५ मुरी,भाडाकुडा लताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
