सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालीकाको झनझनेमा वागमती प्रदेश सरकार नीति तथा योजना आयोगले दोश्रो आवधिक योजना तर्जुमा गोष्ठीको आयोना गर्यो । दोश्रो आवधिक योजना र जिल्लास्तरिय वार्षिक योजना तर्जुमा गोष्ठीको प्रमुख अतिथि वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको सहभागीता रहेको थियो ।
कार्यक्रममा वागमती प्रदेशका सिन्धुली,मकवानपुर तथा चितवन जिल्लाका स्थानिय तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । आवधिक योजना तर्जुमा गोष्ठीमा प्रदेश निति आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापा,प्रदेश सचिव ज्ञानप्रसाद ढकालको सहभागीता रहेको थियो । सहभागीहरुलाई हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवाले स्वागत गरेका थिए ।