हरिहरपुरगढीमा महिला आत्मा रक्षा तालिम संचालन

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालीका युवतीहरुलाई महिला आत्मा रक्षा तालिम दिएको छ । वागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समिति सिन्धुलीले हरिहरपुरगढीको विभिन्न विद्यालयमा पढ्ने विद्यार्धीहरुलाई आत्मा रक्षा तालिम दिएको युवा समितिका जिल्ला संयोजक हेम कार्कीले जानकारी दिए । महिला माथि हुने शारिरिक,मनोवैज्ञानिक,मानशिक तथा भौतिक रुपमा हुन सक्ने आक्रमणको विरुद्ध लड्न आत्मवल वढोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको संयोजक कार्कीले वताए ।

 

महिलाहरु माथि हुने हिंसा उत्पीडन विरुद्धकको कार्यक्रम भएको जिल्ला युवा समितिका संयोजन कार्कीले भनाई छ । तालिममा दुई दर्जन छात्रा विद्यार्थीहरु सहभागी छन् । मंगलवार देखी सुरु भएको तालिम वुधवार साँझ समापन गरिने छ । प्रशिक्षक द्धोय रमिता उपाध्याय र लिला तितुङले सहभागीहरुलाई प्रशिक्षण दिएका छन्। तालिमको उद्घाटन मंगलवार हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *