सिन्धुली,हरिहरपुरगढी गाउँपालिकाका ५ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।
मकवानपुरको बागमती गाउँपालिका ५, सिक्रे दोभान बस्दै आएका अकल बहादुर स्याङतानको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता, एक जनाको मृत्यु भएको हो ।
पहिरोले पुरिँदा अक्कलबहादुरकी पत्नि सन्तमाया स्याङ्तानको मृत्यु भएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले जानकारी दिनुभयो ।
पहिरोमा परि अक्कल बहादुर स्याङ्तान, सोही घरमा बास बसेका हरिहरपुरगढी १. ककरेको २६ वर्षीय जीवन पहरी, २३ बर्षिया शिला स्याङ्तान, ३ वर्षीय देव पहरी र ७ महिनाको दिव्या पहरी बेपत्ता हुनु भएको उहाँले जानकारी दिनुभयो ।
पहिरोमा परि बेपत्ता हुनु भएका हरिहरपुरगढी १ कोक्टीका १९ वर्षे पासाङ घिसिङको हरिहरपुरगढी १ को बगेरी भन्ने स्थानबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
गए राती देखिको अविरल वर्षाको कारण बागमती खोला, मरिण खोला, क्यानखोला, कोखाजोर खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी हुनुको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने हुँदा उच्च सतर्क अपनाउन उहाँले आग्रह गर्नुभयो ।