हरिहरपुरगढी अध्यक्ष कप फुटवल प्रतियोगीता उद्घाटन

सिन्धुली,प्रतिनिधि सभा सदस्य माननीय राजन दाहालले हरिहरपुरगढी गाउँपालिका स्तरीय युवा तथा खेलकुद बिकास समिति द्वारा आयोजित चौथो अध्यक्षकप खेलकुद प्रतियोगाको उद्घाटन गर्नु भयो । कार्यक्रमा मरिाण गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवा,सिचाई डिभिजन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण पाण्डे,वडा अध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलको सहभागीता रहेको थियो ।

सो प्रतियोगीतामा हरिहरपुरगढी गाँउपालीकाको ८ वडाका महिला र पुरुष सहित १६ टिम सहभागी रहेका छन । कार्यक्रम हरिहरपुरगढीको वडा नम्वर ४ महेन्द्रझ्याडीमा संचालन गरिएको छ । प्रथम हुने टिमले नगद १ लाख,दोश्रो हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने हरिहरपुरगढी खेलकुद विकाश समितीकाक अध्यक्ष हिमाल राईले वताए । कार्यक्रम फागनु २२ गते सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *