हिमाली याक र नाक संरक्षणको खाँचो

रसुवा,हिमाली पारिस्थितिक प्रणालीका अभिन्न अङ्गका रूपमा रहेका चरन र गोठ मासिँदै जाँदा याक र नाक को सङ्ख्या पनि बिस्तारै घद्टै गएको छ ।

जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा असर पर्दा हिमालमा चरन क्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा याक र नाक को सङ्ख्या घटै गएको हो ।

हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसमी हिमपात र कुनै वर्ष हिउँ नपर्ने समस्याले चरन क्षेत्रमा घाँस पाइन छाडेको छ । जसका कारण थोरै संख्यामा रहेका हिमालयन याक र नाकको पालन गर्न निकै चुनौती थपिएको लाङटाङका ग्याल्बो तामाङले बताउनुभयो ।

सरकारले हिमाली क्षेत्रका याक तथा नाकको संरक्षणका लागि ठोस कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ । यस सँगै सरकारले यसलाई जोगाउन पशु स्वास्थ्य व्यवस्थापन एवं बिमा, उन्नत चरन, खर्क विकास र सुधारका लागि घाँसे बालीको नर्सरी स्थापना जस्ता कार्यहरू गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

जिल्लाको पाँच वटा गाउँपालिका मध्ये गोसाईंकुण्ड गाउँपालिका चार स्थित लाङटाङ र क्यान्जिङमा मात्र याक तथा नाक देख्न सकिन्छ । नाकको दूधबाट घ्यू, छुर्पी लगायतका दुग्ध जन्य पदार्थ निमार्ण गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *