सिन्धुली,सुनकोशी गाँउपालीकाको वडा नम्वर ५ मुल्कोट होटल हव वन्दै गरेको अवस्थामा नयाँ होटल पौवाको प्रवेश भएको छ । लुम्विनी प्रदेश वुटवलका व्यापारीक घरानाद्धारा संचालन गरिएको होटल पौवाको १६ औं शाखा मुल्कोट आएको हो । मुल्कोटमा विपी राजमार्ग सँगै जोडिएको अक्शीत रिर्सोटलाई होटल पौवा ग्रुपले खरिद गरी संचालनमा ल्याएका हुन ।
विदेश पलायन हुनवाट रोक्न युवा शक्तिलाई नेपालमै रोजगार सृजना गर्ने मुख्य उदेश्यले होटल पौवा संचालन गरिएको जिएम विजय न्यौपानेले वताए । नेपालका विभिन्न शहरहरुमा १ सय पौवा होटल संचालन गर्ने अभियानमा हामी लागेका छौ न्यौपानेले भने । मुल्कोटमा १६ औ होटल पौवाको शाखा हो । हामी थप शाखा विस्तार गर्न निरन्तर लागी रहेका छौ उनले भने ।
वुटवलवाट सुरु भएको होटल पौवाको यात्रा नेपालगन्ज पाँच तारे होटल निर्माण भैरहेको छ,भैरहवा,काठमाडौ,पाल्पा,पोखरा,लमही,घोराही,नारायणघाट,जुम्ला गैडाकोटको हर्कपुर,खोटाङको हलेसी सहित सिन्धुलीको मुल्कोटमा १६ औं शाखाको रुपमा साउन १ गते देखी पौवा संचालन गरेको न्यौपानेले वताए ।
नेपाली सांस्कृती झल्कीने नेपाली खानाका परिकार,नेपाली पोशाकमा कर्मचारीले पाहुनालाई स्वागत गर्ने,नेपाली स्वादका खानाको परिकारहरु खाना पाइने होटल व्यवस्थापन पक्षले जानकारी दिएको छ ।
लोकल माच्छा,पौवाको आफ्नै फुड मरुटी चिकेन,वनना स्टफिङ्ग काचो केरालाई स्लाईसगरी काटेर त्यस भित्र भेज,चिकेन,मटनको स्वादमा होटल पौवामा आउने सेवाग्राहीले अर्डरमा खान सक्ने कर्मचारी महेन्द्र सैथवारले वताए ।