सिन्धुली,नेपाल रेडक्रश सोसाईटी सिन्धुली शाखाले १ सय ९ जना मोतिविन्दुका विरामीको निशुल्क अप्रेशन गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान,जानकी आँखा अस्पताल जनकपुर,कमलामाई नगरपालीका सिन्धुलीको सहयोगमा दुई दिने आँखा शिविर संचालन गरिएको नेपाल रेडक्रश सोसाईटी सिन्धुली शाखाका सभापती अशोक श्रेष्ठले जनाकारी दिनुभयो । आँखा अप्रेशन गरेका विरामीहरुलाई निशुल्क चस्मा,औषधी पनि वितराण गरिएको छ । रेडक्रश सोसाईटी सिन्धुलीले नियमित रुपमा आँखामा लाग्ने मोतिविन्दूको अप्रेशन संचालन गर्दै आएको छ ।