१९ औ विशाल कुमार स्मृति दिवस

सिन्धुली,जनयुद्धका सहिद शेरमान कुवर (बिशाल) र मोहनचन्द्र गौतम(कुमार)को १९ औं स्मृति सभा,मरिण गाउँ कमिटी सिन्धुलीको पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा सपन्न भएको छ ।

यस्तै विशाल कुमार स्मृति दिवस कमलामाई नगरका ६ मा रहेको माओवादी केन्द्रको जिल्ला पार्टी कार्यलयमा पनि एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । सो कार्यक्रममा पनि प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सिराहा जिल्ला धन्सव भन्ने स्थानमामा १९ वर्ष अगाडी उनीहरुको हत्या भएको थियो । विशाल माओवादी केन्द्रका केन्द्रिय सदस्य थिए भने कुमार वैकल्पीक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *