सिन्धुली,सिन्धुलीको गढी प्रहरी चौकीले गएराती चेकजाचको क्रममा २० केजि चादी सहित दुई जनालाई पक्राउ गरेको छ ।
बिराटनगरबाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च १०६९ नम्बरको स्कोडा कम्पनीको निजि कारबाट चेकजाच गर्ने क्रममा लुकाइ छिपाइ राखिएको अबस्थामा उक्त चादी पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिए ।
कारको पछाडी सिटको मुनि लुकाइ राखिएको उक्त चादी सहित सवारी चालक मोरङ जिल्ला बिराटनगर महानगरपालिका वडा नम्बर -५ बस्ने बर्ष २५ का रोहित कुमार यादब सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएको चादी, सवारी र ब्यक्तीलाई गढी प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा तत्काल बुझाएपछी मंगलबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालयले उक्त घटना सार्बजनिक गरेको हो ।
बरामद गरिएको चादी तौल गर्दा २० केजि रहेको र उक्त चादिको हालको मूल्य २४ लाख ६१ हजार ७६० रहेको जनाउदै प्रहरी प्रमुख सिलवालले आबस्यक थप अनुसन्धान भइरहेको उनले वताए ।