सिन्धुलीको सुनकोशी गाँउपालीका वडा नम्वर ६ का एक प्रधानाध्यापकले २२ वोरा सिमेन्ट विद्यालय व्यवास्थापन समिती र अभिभावकहरुलाई देखाउन नसक्दा पदवाट राजिनामा दिएका छन् । सुनकोशी गाँउपालीका वडा नम्वर ६ मन्चकन्या आधारभुत विद्यालय घुमाउने चैनपुरका प्रधानाध्यापक लक्ष्मण रिमालले साउन ३१ गते पदवाट राजिनामा दिएका छन् । रिमालले विद्यालय व्यवस्थापन समितीका अध्यक्षलाई सम्वोधन गरेर पदवाट राजिनामा दिएका छन् ।

विद्यालय निर्माण गर्दै जाँदा किनेर ल्याएको १३५ वोरा सिमेन्टमा १७ देखी २२ वोरा सिमेन्ट हराएको आशंका सहित समुदायमा जानकारी गराउँदा प्रअकै कमजोरी भएको र उक्त सिमेन्टको मुल्य प्रअवाटै असुल उपर गरिलिने भन्ने विद्यालय व्यवस्थापन समितीको निर्णय प्रति घोर आपत्ती जनाउदै विद्यालयको प्रअ पदमा वसिरहन मेरो नैतिकता र विवेकले नदिने भन्दै उनले राजिनामा पत्र व्यवस्थापन समितीका अध्यक्ष राजन थापालाई वुझाएका छन् ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजन थापा भन्छन विद्यालयको भवन निर्माण गर्न वनाएको खरिद समितीलाई जानकारी विना प्रअ रिमालले सिमेन्ट खरिद गरेका छन् । विद्यालय व्यवस्थापन समिती र खरिद समितीले सिमेन्ट खोजी गर्दा २२ वोरा सिमेन्ट पुगेको छैन । प्रअले हराएयो भनेको सिमेन्टको रकम स्वयम प्रअले विद्यालयलाई तिर्नु पर्ने अध्यक्ष थापा वताउँछन् ।
समुदायले विद्यालय निर्माणको हरहिसाव खोज्दा प्रअ पदवाट राजिनामा दिनु अर्थपुर्ण भएको थापाले वताए । भदौ १ गते विद्यालय व्यवस्थापन समितीको वैठक वोलाएको छु प्रअले दिएको राजिनामा त्यही वैठकले स्वीकृत गर्ने छ अध्यक्ष थापाले भने । विद्यालय भवन निर्माण गर्दा प्रअले आर्थिक चलखेल गरेको आरोप स्थानिय समुदायले लगाएका छन् ।
विद्यालय भवन निर्माण गर्न संघिय सरकारको विद्यालय पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गतवाट ४० लाख रुपैँया रकम प्राप्त भएको थियो । सुनकोशी गाँउपालीकाको प्राविधिक निगरानीमा निर्माण सम्पन्न हुने छ ।