२ लाख रेशम र किम्वुको विरुवा हरिहरपुरगढी गाँउपालीकाले रोप्ने

सिन्धुली,रेशम किराको खेती गर्ने उद्देश्यले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा किम्बुको बिरुवा रोपिएको छ । रेशम किराको खेती गरी युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले हरिहरपुरगढी गाउँपालिकाको वडा नम्वर ३ को बाझो जमिनमा किम्बुको बिरुवा रोपेको छ ।

गाँउपालीकाले युबा लक्षित उत्पादनमुखी व्यावसायिक स्वरोजगार तथा जमिनको अत्यधिक मुनाफाजन्य उपयोगमा युबा परिचालनको सिद्धान्तलाई ब्यबहारिक रुप दिने तयारी स्वरुप पहिलो पाईला रेसम उत्पादनको परिक्षण गर्दै अघि बढ्दा उत्तम हुने निस्कर्स सहित कार्य प्रारम्भ गरेको छ ।

संघीय सांसद लेखनाथ दाहाल (राजन) प्रमुख आतिथ्यतामा, प्रेश सेन्टर नेपालको अध्यक्ष बिष्णु सापकोटा जुगल, बागमती गाउँ पालिका अध्यक्ष सर्केश घलान मधु, मरिण गाउँ पालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात) वाईसीएल केन्द्रीय सचिब राजकुमार श्रेष्ठ , जिल्ला भुमी आयोगको अध्यक्ष बाबुराम राई,महिला नेतृ अनिता राईको, ३ न वडा अध्यक्ष कुल बहादुर भ्लोनको विशेष आतिथ्यतामा ,हरिहरपुर गाउपालिकाको प्रशासकिय अधिकृत दाताराम प्याकुरेलको सहितको उपस्थितीमा एक समारोह बिच २०८० को सिजनमा २ लाख बिरुवा रोप्ने कार्यको थालनी भएको छ ।

सामाजिक आर्थिक रुपान्तरण एक अभ्यास तथा एक ब्यबहारिक बहसको उठान सहित थालनी गरियको कार्यक्रम वाईसीएल नेपाल बागमती प्रदेशको विशेष पहल तथा अभियानमा हरिहरपुर गढी गाउँ पालिका संगको सहकार्य,साझेदारी र आयोजनामा हरिहरपुर गाउपालिकाको अध्यक्ष बज्रध्वज वाईबाको सभापतित्वमा ,वाईसीएल नेपाल बागमती प्रदेश इन्चार्ज ललित श्रेष्ठ अभियानको संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *