८४ को चुनावमा महिला पहिला

सिन्धुली,जिल्लाको सदरमुकाममा महिला वादी मन्चले अनुपम अभियान नाम दिएर महिलाहरुले आफ्नो अधिकारी स्थापीत गर्न महिलाहरु लाग्नु पर्ने भन्दै र्याली सहित कोण सभाको आयोजना गरे । ८४ को चुनावमा महिला पहिला हुने कार्यक्रममा सहभागी महिलाहरुले सन्देश दिएका थिए ।                              

कोण सभामा कार्यक्रमको उदेश्यको विषयमा अनुपम यात्राको सदस्य विन्दा ठटालले प्रकाश पारेकी थिईन । ठटालका अनुसार यो अभियान महिलाहरुको नेतृत्व अन्तरपुस्ता महिला वादी मन्चको अभियान देशभरी चलिरहेको छ ।

अव हुने २०८४ को चुनावमा अध्यक्ष पदमा उठ्न महिलाहरु तयारी हुनु पर्ने उनले वताईन । अनुपम यात्राको उदेश्य निति निर्माणको तहमा महिला हुनु पर्ने भन्ने समान श्रमको अधिकारी महिला अधिकारी,राजनितिक अधिकार, समान ज्यालाको अधिकारी स्थापीत गर्ने अभियानको उदेश्य भएको उनले वताईन ।

निति निर्माणको तहमा महिलाहरुको नेतृत्व महिला पहिला हुनु पर्ने सन्देश देश व्यापी रुपमा संचालन गरिएको छ । २०८४ चुनावमा महिला पहिला हुनु पर्ने उनले वताईन । पुरुषहरुले दिएको उप भन्ने पदलाई महिलाले स्वीकार गर्न नहुँने उनको तर्क थियो । अनुपम अभियान कार्यक्रमको संचालन रमा कार्कीले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *